Tuesday, April 25, 2017

स्वादहरु

अपरिचित ठाउँहरुमा
अनौठो स्वादहरुसँग
कुरो नमिल्दा
के गर्छौ यात्री ?

भूकम्प

भूकम्पले हल्लाएको साँझ
अतासले रुमाल्याएको हूल !
आफ्ना बिरानाको माझ
शंखमूल निरको पुल !!
हतासले हाँतो बिर्सेर,
भुलेको जाँतो !!!

Friday, September 30, 2016

मुस्कान

नत शब्द 
आदान-प्रदान भो, 
नत स्पर्श
आँखाको कुराकानीमा 
हामीले,
छोटो मुस्कान साटेथ्यौँ !

[061]

मनशा

गजल लेख्न
मनशा लेख्न 
शिर्षक चाहिन्न रैछ। 

हेर्यो, फेरी हेर्यो, हेरिरह्यो
केवल हेर्नुले मात्र 
माया पाइन्न रैछ !

[061]

तीनपाने

जिन्दगीका कुनै पल 
मन दुखेको पीडामा
पिइयो। 

कुनै पल 
मन खुस भएकोमा 
पिइयो। 

छाडिएन ! 

सेलाउँदै

विगत च्यात्दै छु 
आफुलाई केलाउदै छु ।

निरश बन्दै गईरहेका दिनमा 
पुराना सकारात्मकता खोज्दै 
जोस्याउँदै छु, 
सेलाउँदै छु आफुलाई ।


विदेश

विदेशमा कामको
पसल थपेर बसेका त
हुन्नन् नि !

[09]

सफलता

तर छोरा 
जमाना प्रतिस्पर्धाको छ। 

जुन बाटो जा 
कडा मेहनत र संघर्स बिनाको
सफलता कदापी भेट्ने छैनस
आशै नगर्नु !
[09]

  

आशा

त्यै, अनकन्टारमा त 
टुसो पलाउँछ भने !
[06]

परिस्थितिहरु

अँध्यारो रातमा
आँखा चिम्लिन
मन लाग्नु, सबैलाई लाग्छ। 

तर म त्यस्तो अस्वाभाविकताको 
उल्लेख गर्दैछु
जहाँ प्रचुर उज्यालोको रापमा नी
ढ्याम्म ढोका थुनेर
आँखा छोपेर
निदाएको ढोंग गर्छन मान्छेहरु।
[06]


सुधार

आफूलाई सुधार्न
अरु चाहिन्छ भन्ने लाग्छ 
भने,
आफू बिग्रेछु भनेर बुझ्नु !
[06]

सोच

आँफुले राम्रो गरे 
सबैले राम्रो गर्छन 
भनेर,
सोच्न थालेको छु। 

[05]


अस्पस्ट भन्नेहरु

कुनै बेला 
कुराहरु धेरै भए 
कुराहरु मुछिए 
दहि बनाएर 
मथिए। 

अनि आजमाउन
भनियो मलाई। 

यी, जिन्दगि
यस्तो चल्दै छ !
[06]


हाँसो

राम्ररी, खुलेर
हाँस्न सके 
सब ठिक हुन्छ। 


समय सोच

जति दिन बित्छन 
त्यति 
सोचाई जटिल बन्ने 
समयको खेल सायद। 

[05]

शब्दहरु

शब्दहरु 
सकिएपछि 
दोहोरिन थाल्छन 
दिन पछि रात 
त्यसपछि फेरी दिन । 

दिन बदलिन्छ, हो । 
उज्यालो नै त हो हुने !

सोच बदलेलान 
शब्दहरु नै त हुन् । 
तिनै शब्द ! 

चाहना

मलाई यो
त्यो यस्तो त्यस्तो चाहिन्छ ?
चाहिदैन ।

म यसो गर्दिन
त्यसो गर्छु
त्यहाँ जान्छु ?
जान्न।

एकदम बितृष्णाको
सोच लाग्छ, संकुचित !

जीवन आज की भोली
केलाई छुटाउनु छ र ? 

पेग

सुरुमा एक पेग भनन हुन्थ्यो। 
त्यसपछि दुई फनन हुन्थ्यो। 
अर्को पाली तीन रनन हुन्थ्यो !
अनि चार झनन हुन्थ्यो।

आजकल 
पेग पानी बनेको छ
खाऊ, फालफाल खाऊ ।  

पानी पेग बनेन 
थियो होला, बिर्सियो !

अपरिचित ऐना

कुनै नौलो बिषय रहेन
अब, दुख सुख
नभनी भएन !

समयले यसरी ऐना देखायो कि
आफ्नै अनुहार अब आफ्नो रहेन। 
त्यहाँ कुनै
अपरिचित मान्छे देख्छु।

आफ्नै लागी समय पुगेन
आफ्नै दृष्य धमिलो लाग्छ।
 अमिलो लाग्छ।

मजा सजा

आँखामा नशा
नशामा मजा
मजामा सजा । 

यो एउटा सिक्री हो।

मजा गर्नु
अनि सजा नमान्नु
त्यस्तो हुन्न रैछ । 

अनन्तका धुनहरु

कहिलेकाहिँ लाग्छ
म अनौठो भएँ
बिग्रें !
मलाई अब
एउटा नशाले
लठ्याएको छ।

अनी म आकाशमा
उड्दै छु
पखेटा पलाए
बिना पेट्रोल बिना इन्जिन। 

अनायास
फेरी लाग्छ
मेरा पखेतहरु
काटिएका छन्
म माछा बने
बालुवामा छु
पानी छैन। 

परिहरु बोलाई रहेछन
स्वागत गान बझिरहेछ
अनन्तका धुनहरु
माझमा छु म !

मेरो दुनिया

यो दुनिया 
मेरो हो भन्दै हिड्थें।

साची दुनिया मेरै रैछ,
जबसम्म म त्यस्तो मान्छु !




टिलपिल ताराहरु

आकाशतिर हेरिरहें 
त्यो रातभर 
ती मेरै मुटुका टुक्रा थिए 
जो टिलपिल टिलपिल 
गरिरहे ।  

टिलपिल ताराहरु 

अविवसता

म विवस छैन 
अविवसता स्वीकार्य मान्दिन। 

यो यस्तै जाला ?

दृश्य भ्रम

आखाँहरु एकपटकमा
धेरै दृश्य हेर्न खोज्छन 
हेर्न सक्छन !

त्यसको परिणाम 
म कुनै पल 
कतै पनी हेरिरहेको हुन्न।

दृश्य भ्रम हो ?

अल्छी

अल्छी थिएँ, छू  
सोचहरूमा चाहिँ होइन !

सम्झना बिर्सना

एउटा सानो
झिल्काले त हो 
टौवा सल्किने ।
सम्झनाका तरंगले  
त्यसरी मुटु अठ्याऊँछन् ।

ब्यर्थका कुरामा
रुमलिन खोजे जस्तो लाग्छ 
विवशता देखिने कुरा हैन
तै, मैले ती याद 
बिर्सिन नचाहेको थिईन !  



   

संसारी

एकतमास संसार जे खोज्छ 
त्यहि खोजिरहेछु 
म संसारी भएको छु। 

आफ्नो रहन सकिन ! 

जिन्दगि

जसरि आजसम्म चल्यो 
त्यसरी चल्छ , चल्थ्यो होला । 

के मिलेन
चलेन !

तन्नेरी उमेर

अरुलाई 
सच्याउन खोज्ने तन्नेरीले 
आफुलाई 
सच्याउन बिर्सेको रैछ !


पानी जिन्दगी

खेतमा 
उपल्लो गरोबाट 
तल्लो गरोमा 
पानी खसेजस्तो 
जिन्दगी खस्छ रे ! 

जे नी बोल्नेहरु

बोली हरेकले फ्याक्छन
बोल्न सजिलो छ नी 
तल माथिको 
ओठ हल्लाउने 
भित्रबाट घाँटी रगडेर 
आन्द्रा बटारेर सास फ्याक्ने !

कसको के जान्छ र 
बोल्ने नी, हैन र ?

त्यै त,  सजिलो छ 
जे बोले नी भो 
बाल मतलब !

यस्तो सोच्नेहरू मरे भनेनी 
म सोक मनाऊ गर्ने छैन !    

जलन

धपधप बलेको अनुहार
देख्दै लाग्छ, वाव !
कसले, कसरि देखोस् 
भित्री जलन !